नविल बैंकको सुुविधाः घरमै बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज पाइने

नविल बैंकको सुुविधाः घरमै बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज पाइने


बैकिङ्ग समाचार ।  
युवा पुस्तालाई लक्षित गरेर नविल बैंकले नयाँ बचत योजना सार्वजनिक गरेको छ । भौतिक उपस्थितिले कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई मधयनजर गर्दै बैंकले घरमै बसेर खाता खोल्न सकिने ‘नविल जेनेरेशन एकाउन्ट’ नामक योजना सञ्चालनमा ल्याएको हो ।

बैंकले पूर्णरुपमा विद्युतीय प्रणालीलाई प्रोत्साहन गरेको छ । ‘आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो, यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाइन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी/एनसेल २ जीबी डाटा प्याकेज निःशुल्क जारी गरिएको छ,’ बैंकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

‘नविल जेनेरेशन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्ने बैंकको विश्वास छ ।