आइतबार नबिल बैंकले के ल्याउँदै छ ?

आइतबार नबिल बैंकले के ल्याउँदै छ ?


बैकिङ्ग समाचार । 

नबिल बैंकले यही आइतबार नयाँ निक्षेप योजना सार्वजनिक गर्ने भएको छ । ‘न्यू जेनेरेसन नेपाल’ नामक युवा लक्षित बचत योजना सार्वजनिक गर्ने भएको हो ।

सो बचत योजनामा सहभागि बचतकर्ताले अन्य बचत योजनाभन्दा केही बढी ब्याज पाउने छन् । त्यसका साथै यो योजना पूर्णरुपमा प्रविधि केन्द्रित रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

‘युवाहरुलाई बचत गर्ने प्रेरित गर्ने उदेश्यले यो बचत योजना सार्वजनिक गर्न लागिएको हो,’ उनले  भने ‘यो युवा लक्षित बचत खाता खोल्नेहरुले सामान्य बचत खाताभन्दा बढी ब्याज पाउने छन् ।’

यस बचत योजनामा युवाहरुले बैंकिङ प्रविधिको पूर्ण प्रयोग गर्न पाउने उनको भनाइ छ ।

बैंकले सार्वजनिक गर्न लागेको उक्त बचत योजनाको जानकारी बैंकले आफ्नो फेसबुक पेजमा समेत राखेको छ ।

अहिले प्रायजसो बैंकले निक्षेपको ब्याज बढाउन नसकिरहेको अवस्थामा बैंकले सार्वजनिक गर्ने सो बचत योजनाले युवा निक्षेपकर्तालाई आकर्षित गर्ने देखिन्छ ।