कोरोना बीमा पुनः सुचारु हुने, दायित्व सरकारले पनि लिने

कोरोना बीमा पुनः सुचारु हुने, दायित्व सरकारले पनि लिने


बैकिङ्ग समाचार । 

कोरोना बीमा पुनः सूचारु हुने भएको छ । बीमा कम्पनीहरुले दायित्व वहन गर्न नसक्ने भनेपछि स्थगित गरिएको बीमा लेख पुनः सुचारु गर्ने बीमा सिमितले निर्णय गरेको हो ।

पुनः सुचारु गरिने कोरोना बीमाको जाखिम दायित्व सरकार, बीमा समिति, नेपाल पुर्नबीमा कम्पनी र बीमा कम्पनीहरुले समन्वयन गरी लिने सम्झौतामा पुनः सुचारु गर्ने बीमा समितिले निर्देशन दिएकाे छ ।

पुनः सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुने गरी सुचारु हुन लागेको हो । यसअघि गरिएको कोरोना बीमाको समयावधी १ वर्षको थियो ।

हाल कोरोना बीमाको जोखिमको दायित्व बीमा पूल अन्तर्गत रहेर नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत सबै बीमा कम्पनीहरु बराबर गरी बहन गर्ने व्यवस्था थियो । अब कम्पनीहरुले पूलदेखि बाहेक पनि केही प्रतिशत बीमाको जोखिम दायित्व वहन गर्नु पर्नेछ ।

कोरोना बीमाको नयाँ थप ढाँचा निर्माण बारे भने छलफल भइरहेको स्रोतको भनाइ छ । यसको नयाँ शुल्क निर्धारण र थप व्यवस्था बारे बीमा समितिले निर्देशन जारी गर्नेछ ।

\"\"