नेको इन्स्योरेन्सको लाभांश पारित, चार सञ्चालक चुनिए

नेको इन्स्योरेन्सको लाभांश पारित, चार सञ्चालक चुनिए


बैकिङ्ग समाचार । 

नेको इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाले ८.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ।

गत आर्थिक तर्फ २०७५/७६ को मुनाफाबाट सञ्चालक समितिले वितरण गर्न प्रस्ताव गरेको उक्त लाभांश ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न साधारण सभाबाट कर सहित १० करोड ७४ लाख रुपैयाँ र सो मध्ये लाभांश कर वापत ५३ लाख ७३ हजार रुपैयाँ अनुमोदन भएको हो।

उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश कुमार निरौला, धु्रबचन्द्र गौतम, भरत कुमार अधिकारी र साधारण शेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकले सञ्चालक रमेश कुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ।

साथै, नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईं समक्ष र सञ्चालकहरुले कम्पनीका अध्यक्ष रमेश कुमार निरौला समक्ष सपथ ग्रहण गरेका थिए ।