बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार? 

बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।