लकडाउनलाई बेवास्ता गर्दै बैंकले सबै शाखा खोल्न थाले, बैंकमा सर्वसाधारणको भीड 

लकडाउनलाई बेवास्ता गर्दै बैंकले सबै शाखा खोल्न थाले, बैंकमा सर्वसाधारणको भीड 


बैकिङ्ग समाचार ।

लकडाउन कहिलेसम्म जाने अनिश्चित बनेपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न थालेका छन्। केहीले भने हिजोअस्तिको तुलनामा खुल्ने शाखाको संख्या वृद्धि गरेका छन्। \"\"

राष्ट्र बैंकको निर्देशनपछि सीमित शाखाबाट सेवा दिँदै आएका अधिकांश बैंकहरुले बुधबारबाट सबै शाखा सञ्चालन गर्न सुरु गरेका हुन्।

यद्यपि औपचारिक निर्णय भने उनीहरुले गरेका छैनन्। जसले खोलेका छैनन्, उनीहरुले पनि भोलिबाट सबै शाखाबाट सेवा दिने तयारी गरिरहेका छन्।

प्रभु बैंकले सार्वजनिक सूचना जारी गर्दै आजबाट सबै शाखा सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले दिनभरी शाखा भने खोल्दैन।

बैंकले आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म र शुक्रबार १ बजेसम्म शाखा सञ्चालन गर्ने छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सकेसम्म सबै शाखा खोलेको छ।

नबिल बैंकले पनि शबै शाखा सञ्चालन गर्ने जनाइसकेको छ । एसबीआई बैंक पनि यथास्थितीमा खुलेको छ । 

अहिले राष्ट्र बैंकले दिएको पासका आधारमा बैंकहरुले शाखा सञ्चालन गरेका हुन्।

राष्ट्र बैंकले परिचयपत्रबाटै आवतजावत गर्न मिल्ने ब्यवस्था गरिदिनु पर्छ भनेर बैंकर संघले छलफल गरिरहेको छ।
 

राष्ट्र बैंकले सहजीकरण गरिदिएपछि बैंकहरुलाई अझ सजिलो हुने बैंकर संघका अध्यक्ष भुवन दाहालले बताए।

नेपाल राष्ट्र बैंकले बीचमा शाखा खुलेर बजार ब्यस्त भएको भन्दै एक तिहाइ कर्मचारीबाट निश्चित शाखा खोल्न भनेको थियो।
 

सरकारले लकडाउन हटाउने निर्णय नगरे पनि ७१ दिनदेखि थुनिएर बसेका सर्वसाधारण बाहिर निस्कन थालेका छन्। अहिले बजार तथा सडकमा चहलपहल बढेको छ। 

सरकारले सनकका भरमा लकडाउन लम्ब्याएको भन्दै सर्वसाधारणहरुले यसको अवज्ञा गर्न थालिसकेका छन्। यसले गर्दा बजारमा भिड देखिन थालेको छ।

 

\"\"\"\"\"\"\"\"

\"\"\"\"