प्रभु बैँकद्धारा सुदूरपश्चिम प्रदेश प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

प्रभु बैँकद्धारा सुदूरपश्चिम प्रदेश प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग


बैकिङ्ग समाचार । 

 प्रभु बैक सुदूरपश्चिमले प्रदेश प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। बैँकले कोरोना भाईरसको महामारीका बेला पनि अहोरात्र डिउटीमा खटिने प्रहरीको सुरक्षार्थ ५० हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

बैँकका सुदूरपश्चिम प्रमुख नन्दराज जोशी र धनगढी शाखाका प्रमुख रविकान्त जोशीले संयुक्त रुपमा स्वास्थ्य सामाग्री प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीलाई हस्तान्तरण गरे।

एक सय ५० वटा सेनिटाईजर, दुई हजार ग्लाब्स र एक् हजार चार सय सर्जिकल मास्क प्रहरीलाई हस्तान्तरण गरिएको प्रभु बैँक लिमिटेडले जनाएको छ।