करदातालाई राजस्व कार्यालयको ताकेता, जेठ २५ भित्र कुनै हालतमा राजस्व बुझाउनै पर्ने 

करदातालाई राजस्व कार्यालयको ताकेता, जेठ २५ भित्र कुनै हालतमा राजस्व बुझाउनै पर्ने 


बैकिङ्ग समाचार ।  
आन्तरिक राजस्व कार्यालयमा करदाताले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण आय कर, मूल्य अभिवृद्धि कर तथा विभिन्न शुल्क र ती विवरण अनुसार भुक्तानी गर्नपर्ने कर दाखिला गर्न एक सूचना प्रकाशित गरेको छ । 

मूल्य वृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ फागुन र चैत्र महिनाको मासिक कर विवरण, माघ महिनाको द्धिमासिक र मंसिरको चौमासिक कर विवरण तथा ती विवरणहरुमा कर दाखिला  गर्ने म्याद २०७७ जेष्ठ २५ गतेसम्म बुझाउन सूचना जारी गरेको हो । 

त्यस्तैगरि, फागुन र चैत्रको अन्तशुल्क, फागुन र चैत्रका आयकर, शिक्षा सेवा शुल्क तथा दूरसञ्चार सेवा कर जेठ २५ गतेभित्र बुझाउन भनिएको सूचना आन्तरिक राजस्व विभागको आधिकारिक वेवसाइटमा राखिएको छ । 

लकडाउन जेठ ३२ गतेसम्म थप गरेपनि सरकारलाई बुझाउन पर्ने विभिन्न शिर्षकका करको म्याद नथपेकाले विभागले सूचना मार्फत राजस्व तिर्नका लागि करदाताहरुलाई सूचित गरेको विभागका महानिर्देशक विनोदबहादुर कँवरले बताए । 

उनले भने, ‘सरकारले लकडाउन त थपेको छ तर, कर तिर्नका लागि समय थप गरेको छैन । सोही कारणले कर तिर्नका लागि करदाताहरुलाई जानजकारी गराएका हौं । करदातालाई कर कार्यालय वा बैंकसम्म जानको लागि स्थानीय निकायसँग सहकार्य गरेर हामी त्यो वातावरण बनाइदिन्छौं ।’