४९ वटा लघुवित्तको नाफा ३ अर्ब ८५ करोड बढीः धेरै आर्जन गर्नेमा  छिमेक लघुवित्त

४९ वटा लघुवित्तको नाफा ३ अर्ब ८५ करोड बढीः धेरै आर्जन गर्नेमा  छिमेक लघुवित्त


बैकिङ्ग समाचार ।  

नेपालका विभिन्न जिल्लामा कार्यालय रहेका ४९ ओटा लघुवित्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू.३ अर्ब ८५ करोड नाफा कमाएका छन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ती कम्पनीहरुले गत आवको तेस्रो त्रैमासमा रू. ३ अर्ब ९७ करोड नाफा कमाएका थिए । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ३ दशमलव १३ प्रतिशतले कमी आएको हो । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ५० ओटा लघुवित्त कम्पनी सूचीकृत  छन् । ५० ओटा कम्पनीमध्ये एक नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले भने हालसम्म पनि वित्तीय विवरण प्रकाशित गरेको छैन । 

चालू आवको तेस्रो त्रैमासमा ४९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाले रू. ५९ करोड १८ लाख नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा दोस्रो र तेस्रोमा क्रमश : निर्धन उत्थान लघुवित्तले रू. ४७ करोड ३२ लाख र साना किसान विकास लघुवित्तले रू. ४३ करोड ५० लाख नाफा कमाएका हुन् । 

वित्तीय विवरणलाई हेर्दा चालू आवको तेस्रो त्रैमासमा ती कम्पनी मध्ये २२  ओटा कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीको नाफा बढेको देखिन्छ । 

उक्त अवधिमा सबैभन्दा बढी नाफा सर्पोट माइक्रोफाइनान्सको नाफा २२० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा उक्त कम्पनीले रू. २० लाख ७० हजार नाफा कमाएकोमा चालू आवको तेस्रो त्रैमासमा रू. ६६ लाख २८ हजार नाफा कमाएको छ ।