सिटिजन्स बैंकले पुन: बोलायो स्थगित पाँचौं विशेष साधारण सभा

सिटिजन्स बैंकले पुन: बोलायो स्थगित पाँचौं विशेष साधारण सभा


बैकिङ्ग समाचार । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत चैत १० गते आह्वान गरेको स्थगित पाँचौं विशेष साधारण सभा जेठ २७ गते मंगलबार पुन: आह्वान भएको छ ।

बैंकको प्रधान कार्यालय नाराणहिटी पथ दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनार मार्फत सभा आयोजना गरिने बैंकले जनाएको छ।

सरकाले कोरोना संक्रमण रोक्न २५ जनाभन्दा धेरै मानिस मात्र भेला हुने सभा सम्मेलन गर्न रोक लगाएपछि बैंकको चैत्र ८ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले चैत्र १० गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा गर्ने तय भएको साधारण भसा स्थगित भएको थियो।

विशेष साधारण सभामा सहयोगी विकासको १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्नेगरी प्राप्ति (एक्वायर) गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

यस्तै सभाको प्रस्तावमा यस बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएकाले सो सम्बन्धि सञ्चालक समितिबाट प्रस्तुत प्रतिवेदनलाई छलफल गरी पारित गर्ने, प्राप्ति गर्न गरिएको अन्तिम सम्झौता लगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका काम कारवाहीहरु अनुमोदन गर्ने, सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।

सहयोगीलाई प्राप्ति पछि बैंकको जारी तथा चुक्ता पूँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७ सय १६ रुपैयाँबाट वृद्धी भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २ सय ९० रुपैयाँ हुने गरी बैंकको प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताप विशेष साधारण सभाबाट पारित हुनेछ।
विशेष साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गरेको थियो। यसअनुसार चैत २ गतेसम्म कायम शेयरधनी साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।