प्राइम बैंकको ५ अर्बको ऋणपत्र बिक्रीमा, १०.१५ प्रतिशत ब्याज पाइने

प्राइम बैंकको ५ अर्बको ऋणपत्र बिक्रीमा, १०.१५ प्रतिशत ब्याज पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्राइम कमर्शियल बैंक लिमिटेडले ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले जेठ ३१ गते देखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

बैंकले जारी गरेको कुल ऋणपत्रमध्ये २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाइएको छ।

पाँच वर्ष अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ नामक ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०।१५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन् ।

लगानीकर्ताले सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गते सम्ममा र ढिलोमा असार १४ गतेसम्म आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा कर्जा लगानीको दीर्घकालीन स्रोत संकलनका लागि ऋणपत्रले प्रमुख स्थान ओगट्न थालेको छ ।