बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको १० महिनाकोे अवधिमा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरूले गत साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा उक्त नाफा कमाएका हुन्। ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा गरेको छ ।
त्यस्तै दोस्रोमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रोमा परेको नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ।
यसअवधिमा राष्ट्रिय वाणिज्य बैंक र प्राइम बैंकले पनि ३ अर्ब बढी नाफा गरेका छन । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४५ करोड नाफा कमाउँदा प्राइम बैंकले ३ अर्ब १५ करोड बढी नाफा गरेको छ । १० महिनाको अवधिमा लक्ष्मी बैंक बाहेक सबै बैंकले अर्ब बढी नाफा गरेका छन ।
सबैभन्दा थोरै नाफा कमाउनेमा लक्ष्मी बैंकले १० महिनामा ९२ करोड रुपैयाँ नाफा कमाएको छ। सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा बैक अफ काडमाण्डूको नाफा पनि एक अर्ब ५ करोड छ । १० महिनाको अवधिको दुई बैंकको नाफा चार अर्ब माथि पुगेको छ । चार अर्ब बढी नाफा गर्नेमा ग्लोबल आइएमई र एनआइसी एशिया रहेका छन ।
| Commercial Bank | Net Profit(Rs. Million) |
| GBIME |
4310.77 |
| NICA | 4113.13 |
| NABIL | 3826.23 |
| RBB | 3464.27 |
| PCBL | 3157.18 |
| NMB | 2974.11 |
| NIBL | 2844.99 |
| NBL | 2562.67 |
| SBL | 2440.49 |
| MEGA | 2286.59 |
| KBL | 2083.81 |
| ADBNL | 2028.55 |
| EBL | 1902.05 |
| SCB | 1820.43 |
| CZBIL | 1798.44 |
| SANIMA | 1793.56 |
| NCCB | 1730.83 |
| MBL | 1688.54 |
| HBL | 1678.84 |
| SRBL | 1502.67 |
| PRVHU | 1490.39 |
| SBI | 1408.19 |
| NBBL | 1248.62 |
| CCBL | 1150.25 |
| BOKL | 1052.06 |
| CBL | 1051.47 |
| LBL | 928.79 |
|
Total
|
58337.92 |



About Us
प्रतिक्रिया