बैंकिङ्ग समाचार, काठमाडौं ।
निरन्तर रुपमा ओरोलो लागेको शेयरबजारमा आज उच्च अंकको वृद्धि देखिएको छ । साताको तेस्रो दिन बुधबार नेप्से उच्च अंकले बढेको हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६०.२२ अंकले बढेर २ हजार ८० दशमलव ४४ बिन्दुमा पुगेको हो । आज बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २ वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्य उच्च वृद्धि अंकले बढेर सर्किट लेभलमा पुगेका छन् । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा कालिका लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३३८.६० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयुमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३ रुपैयाँ, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर २२४.२० रुपैयाँ कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ, तेह्रथुम पावर कम्पनीको शेयरमुल्य ९.४४ प्रतिशतले बढेर ४४९.८० रुपैयाँ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.२८ प्रतिशतले बढेर १०८७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया