बैंकिङ्ग समाचार, काठमाडौं ।
यो हप्ताको पहिलो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरालो यात्रा कायमै रहेको छ । आज साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १२.९२ अंकले घटेर २ हजार ६५ दशमलब ७८ विन्दमा पुगेको छ ।
शुक्रबार ३३.७६ अंकले घटेर २ हजार ७८ दशमलब ७० विन्दुमा पुगेको थियो । आज नेप्सेमा १ अर्ब २७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् ।
आज हिमालयन बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सका भएको छ । यस कम्पनीको आज ८ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया