बिन्ध्यवासिनी हाइड्रोको सेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त

बिन्ध्यवासिनी हाइड्रोको सेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच शुक्रबार (जेठ २० गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु सानिमा क्यापिटल मार्फत हुने छ ।

हाल हाइड्रोको सेयर निष्काशन तथा बिक्री खुला भइरहेको छ । जसको निष्काशन तथा बिक्री प्रबन्धकको काम पनि सानिमा क्यापिटलले नै गरिरहेको छ ।