सर्पोट लघुवित्त र नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

सर्पोट लघुवित्त र नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सर्पोट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । सर्पोट लघुवित्तको १ लाख ९८ हजार कित्ता र नेको इन्स्योरेन्स कम्पनीको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

त्यसैगरी सर्पोट लघुवित्तले गत पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।