साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १०% बोनस शेयर वितरण

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १०% बोनस शेयर वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षको लागि वितरण गर्ने निर्णय गरेको १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । 

कम्पनीले चैत ३० गते सम्पन्न ५५औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । अब यो शेयर सम्बन्धित शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् । 

कम्पनीको यो शेयर चैत १४ गतेसम्म शेयर कायम गर्ने शेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । सो अवधिसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाइ छ । 

यदि कर्जा राफसाफ भइसकेको भए सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।