बैंकिङ्ग समाचार, काठमाडौं ।
मर्जर प्रकृया भाडिएर १ वर्ष १५ दिन कारोबार बन्द भएको नेपाल इन्भेष्टमेन्ट बैंकको आजदेखि दोस्रो बजारमा कारोबार फुकुवा भएको छ । कारोबार फुकुवा भए सँगै बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ३६७ रुपैयाँमा कारोबार भइरहेको छ । हिमालयन बैंक सँग मर्जरको संझौता भए सँगै २०७८ बैशाख ३० गते दोस्रो बजारमा कारोबार बन्द भएको थियो । राष्ट्र बैंकले मर्जर भाडेको भन्दै हिमालयन बैंकको शेयर कारोबार भने अझै फुकुवा गरेको छैन ।
मर्जरका लागि धेरै काम भइसकेको थियो । कतिपय विषयमा दुई पक्ष विचमा सहमति पनि भइसकेको थियो । तर हिमालयन बैंकले विशेष साधारणसभा मार्फत सुनियोजित रुपमा मर्जरमा नजाने प्रस्ताव पारित गरे सँगै मर्जर प्रकृया भाडिएको थियो ।
प्रतिक्रिया