बैंकिङ्ग समाचार, काठमाडौं ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा दुई ओटा छुट्टाछुट्टै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएका छन् । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
ङादी ग्रुप पावर ले हाल कायम रहेको चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ अनुपातमा १ सय अंकितदरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ ९ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी बरुण हाइड्रोपावर कम्पनीले सत प्रतिशत अर्थात १ः१ अनुपातमा रू. १ सय अंकित दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ ११ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यी दुबै कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि मात्र निष्कासन गर्नेछन् ।
प्रतिक्रिया