माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ  साधारणसभा  सम्पन्न 


काठमाडौं –  माछापुच्छ्रे   क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पाँचौँ वार्षिक साधारणसभा  कार्तिक १३ गते (तद्नुसार अक्टोबर २९, २०२४) मंगलबारका दिन बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपाने र सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाको आतिथ्यमा सम्पन्न  भएको हो  । 

आज सम्पन्न साधारण सभाबाट कम्पनीले सञ्चालक समितिको वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू, आ.व. २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेकाे छ ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरू प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरी स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराए ।  

यसका साथै कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे ।  साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेड  नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मीहरू, विभिन्न सम्बद्ध संस्थाहरू, शेयर धनीहरू तथा कम्पनीका कर्मचारीहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।