हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आधा घट्यो

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आधा घट्यो


बैकिङ्ग समाचार ।  

हिमालयन जनरल इन्स्योरेन्सको ब्यवसायको आकारमा भारी रुपमा गिरावट आएसँगै कम्पनीको नाफा पनि घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।

इन्स्योरेन्सले चैत मसान्तसम्ममा कम्पनीले १० करोड ४१ लाख ५९ हजार खुद बीमाशुल्क आर्जन गरेको छ। जबकी गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २२ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन ५२ प्रतिशत बढीले घटेको हो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड २५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ। गत आवको यसै अवधिमा १२ करोड ५९ लाख ४ हजार रुपैयाँ नाफा कमाएकोमा गत आवको तेस्रो त्रैमासको तुलनामा १ करोड ३४ लाख रुपैयाँ अर्थात ११.९१ प्रतिशतले घटेको हो।

मुनाफा घटेसँगै एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०.९६ रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २१ करोड ८४ लाखबाट ३० करोड ४ लाख पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १८५.३० रुपैयाँ छ।

यसैगरि बीमा कोषमा ५५ करोड ५० लाख रुपैयाँ सञ्चित छ । गत आवको चैतमा कम्पनीको बीमा कोषमा ४३ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले पुर्नबीमा आयबाट ७ करोड ४४ लाख, लगानी कर्जा तथा अन्यबाट ८ करोड ४८ लाख आम्दानी गरेको छ। समीक्षा अवधिमा लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा बढोत्तरी भएपनि खुद बीमाशुल्क, पुर्नबीमा आयमा समेत गिरावट देखिएको छ। कम्पनीको कूल बीमाशुल्क रकम पनि ९६ करोडबाट घटेर ८६ करोडमा झरेको छ।

चैत मसान्तसम्म कम्पनीले ३ हजार ९५८ संख्यामा परेको दाबी बापत २२ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १ हजार बढी संख्यामा परेको १ अर्ब ३४ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।