आईपीओ ल्याउँदै मुनलाईट हाइड्रोपावर



काठमाडौं – मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ७६ करोडको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।