समता घरेलु लघुवित्तको एफपीओ जारी


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ जारी गरेको छ । संस्थाले ३ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०० कित्ता बराबरको एफपीओ आजदेखि बिक्री खुला गरेको जनाएको हो ।

१०० रुपैयाँ अंकित मूल्यका दरले बिक्री गर्न लागिएको सो एफपीओका लागि बिहीबारसम्म आवेदन दिन सकिनेछ भने १० देखि एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

संस्थाले मर्जरपछि परिवर्तन भएको शेयर संरचनालाई सर्वसाधारणको हिस्सालाई तोकिएको सीमामा पुर्‍याउन एफपीओ बिक्री गर्न लागेको हो ।