काठमाडौं –समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ हकप्रद शेयर बिक्री खुला गरेको हो । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको हो ।
कम्पनीको हकप्रदमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म खुला गरिने कम्पनीले बताएको छ । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ ।



About Us
प्रतिक्रिया