नेप्सेमा दुई कम्पनीको बोनश शेयर तथा एक कम्पनीको हकप्रद शेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनश शेयर तथा एक कम्पनीको हकप्रद शेयर सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको बोनश शेयर सुचिकृत भएको हो भने समृद्धि फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनश शेयर वापत २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त शेयर सूचिकृत गराएको हो ।

त्यसैगरी सेन्ट्रल फाइनान्सको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर वापत ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

समृद्धि फाइनान्स कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

अब बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।