ज्योति विकास बैंकको सीईओ बन्न चहानुहुन्छ ? आवेदन भर्ने समय ५ दिन मात्र बाँकी 

ज्योति विकास बैंकको सीईओ बन्न चहानुहुन्छ ? आवेदन भर्ने समय ५ दिन मात्र बाँकी 


 बैंकिङ्ग समाचार । 

तपाई बैंकको प्रमुख कार्यकारी अधिकृत हुने योग्यता पुरा भएका र  र बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका कार्यरत कर्मचारीहरुले कुनै बैंकको कार्यकारी प्रमुखको भुमिकाका लागि आवेदन भर्ने समय पाँच दिन मात्र बाँकी छ । 

राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त एक राष्ट्रिय स्तरको बैंक ज्योति विकास बैंकले आह्वान गरेको सीईओ पदका लागि आवेदन भर्र्ने समय अब पाँच दिन मात्र बाँकी छ । 

जेठ १ गतेबाट रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदका लागि बैकले जेठ ४ गते नयाँ दर्खास्त माग गरेको छ। बैंकले जेठ १५ भित्र आवेदन दिइसक्न सूचना जारी गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा १५ बर्षको  बैंकिङ्ग अनुभव र १० बर्ष व्यवस्थापकिय तहमा बसेर काम गरेको हुनुपर्ने उल्लेख छ । यस्तै बैंकले मागेको उक्त आह्वानमा ५५ बर्षभन्दा कम उमेरका उम्मेदवारले मात्रै आवेदन दिन सक्ने उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल २ बर्ष बाँकी हुँदै जेठ १ गतेबाट बाहिरिएपछि रिक्त रहेको उक्त पदका लागि बैकले दर्खास्त आह्वान गरेको हो ।

बैंकले हाल पारसराज कँडेललाई कामु प्रमुख कार्यकारीको जिम्मा दिएको छ ।