बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३२ अंकले बढेर २ हजार २ सय १७ दशमलव १९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने खासै बढेको छैन । आज १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया