नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस १४.२५ र कर प्रयोजनका लागि नगद ०.७५ प्रतिशत गरी जम्मा १५ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ ।