‘कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोष राष्ट्र बैंक मातहतमा हुनेछ’


काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोष राष्ट्र बैंक मातहत हुने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी बाट सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषका लागि राष्ट्र बैंकलाई परिपत्र समेत गरिसकेको बताएका हुन् ।

उनले सरकारले सहकारी स्थिरीकरण कोष पनि टुंग्याउने चरणमा रहेको भन्दै जसमा ५ करोड फण्ड जम्मा भएको उनले बताए । मन्त्री अधिकारीले सामाजिक सञ्जालमा आएका कुराहरुलाई सहि मानेर अघि बढ्न नहुने पनि बताए ।