लक्ष्मी म्युचुअल फण्डले लक्ष्मी भ्यालु फण्ड २ सञ्चालन गर्न सेबोनमा दियो निवेदन

लक्ष्मी म्युचुअल फण्डले लक्ष्मी भ्यालु फण्ड २ सञ्चालन गर्न सेबोनमा दियो निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड लक्ष्मी भ्यालु फण्ड २ नामक सञ्चालनमा ल्याउन लागेको छ । फण्ड सञ्चालन गर्नका लागि लक्ष्मी म्युचुअल फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बैशाख २९ गते निवेदन दिएको छ ।

फण्डले प्रतिइकाई १० रुपैयाँको १८ करोड इकाई निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।