कर्मचारी संचय कोषले पनि अनलाइनबाटै बैंकमा रकम जम्मा गरीदिने

कर्मचारी संचय कोषले पनि अनलाइनबाटै बैंकमा रकम जम्मा गरीदिने


बैकिङ्ग समाचार ।

कोरोना संक्रमण पछि अधिकाँस क्षेत्रले डिजिटल कारोबार अघि बढाइरहँदा कर्मचारी सञ्चय कोषले पनि विशेष सापटी सेवा अनलाइनमार्फत दिने भएको छ । तत्कालका लागि अनलाइन सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले मात्रै पाउने छन् । 

एक विज्ञप्ति जारी गर्दै कोषण लकडाउनयता बन्द आफ्ना सेवा आइतबारदेखि अनलाइनमार्फत सञ्चालन गर्ने पनि बताएको छ । कोषले लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने बताएको छ । 

यो सेवाका लागि सञ्चयकर्ताले कोषको वेबसाइटबाट प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरेर आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने छ । 

कोषले आवेदन स्वीकृति गरेर सम्बन्धित व्यक्तिको बैंक खातामै रकम जम्मा गरिदिने बताएको छ । वित्तीय क्षेत्रमा बैंक, बीमा सेयरबजार यस अघि नै अनलाइन कारोबारमा प्रवेश गरीसकेका छन् ।