अर्घाखाँचीमा सातामा २ दिन मात्रै बैंक खुल्ने

अर्घाखाँचीमा सातामा २ दिन मात्रै बैंक खुल्ने


बैकिङ्ग समाचार । 

अर्घाखाँची जिल्लाका बैंक तथा वित्तीय संस्था अब सातामा २ दिनमा मात्रै खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले अर्घाखाँची जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरु कुन कुनबार खोल्ने भनेर सूचि नै तयार बनाएको छ ।

प्रशासन कार्यालयका अनुसार आइतबार ६ वटा र सोमबार देखि शुक्रबारसम्म दैनिक ५र५ वटा बैंकहरु मात्रै खुल्नेछन् ।

यस्तै बीमा कम्पनी, लघुवित्त तथा अन्य वित्तीय कारोार गर्ने सहकारी लगायतका संस्थाहरुले प्रशासन कार्यालयमा जानकारी गराई आफै सूचना टाँस गरी सातामा २ दिन सञ्चालन गर्न आग्रह गरिएको छ ।

सातामा २ दिन मात्रै खुल्ने बैंक तथा वित्तीय संस्थाले सामाजिक दुरी कायम गर्न पनि भनिएको छ ।