अधिकाँस बैंकहरु पनि बन्द हुन सक्छन: विनोद चौधरी

अधिकाँस बैंकहरु पनि बन्द हुन सक्छन: विनोद चौधरी


बैकिङ्ग समाचार । 

नेपालका अर्बपति धनाढ्य एवं उद्योगी विनोद चौधरीले बैंकहरु नै बन्द हुन सक्ने बताएका छन् । नेपाल उद्योग परिसंघको वेवनारमा बोल्दै उनले कोरोनाको महामारीले वित्तीय क्षेत्रमा ठुलो धक्का लाग्ने र बैंक तथा वित्तिय संस्था पनि यसबाट अछुतो रहन नसक्ने बताए । 

उनले हरेक क्षेत्रको आर्थिक प्रभाव बैंकमा पर्ने उल्लेख गर्दै सरकारले राहत योजना ल्याउन नसके नेपालका अधिकाँस बैंकहरु बन्द हुनसक्ने बताए ।  करिब ८० प्रतिशत बैंक बन्द हुन सक्ने अवस्था निम्तिन सक्ने बताउँदै उनले भने, ‘अहिलेसम्म कोरोना महामारीको अवस्था सामान्य भएको छैन । त्यसैले सकार र नियमनकारी निकाय यसमा गम्भीर हुनुपर्छ ।’
देशको अर्थतन्त्रलाई जोगाउन राज्यले गतिलो योजना बनाएर नीजि क्षेत्रसँग साझेदार गर्नुपर्ने उनले बताए ।