बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबारदेखि बिहीबारसम्म खुल्ने शेयर बजार आज (शुक्रबार) पनि अन्य दिन जस्तै खुल्ने छ । यसअघि शुक्रबार शेयर कारोबार हुने गरेको थिएन । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार सरकारले जेठ १ गतेदखि शनिबार र आइतबार विदा दिएका कारण बजार शुक्रबार अन्य दिनको जस्तै समयमा नै खुल्ने बताइएको छ ।
अब भने शेयर करोबार शनिबार र आइतबार बन्द रहनेछ । नेप्सेले यस अघि नै ब्रोकर कम्पनीहरूलाई शुक्रबार कारोबार खुला राख्न निर्देशन दिइ सकेको छ । आज पहिलो पटक शुक्रबार शेयर करोबार हुँदैछ ।
शुक्रबारको राफसाफको काम भने सोमबार हुने नेप्सेले जनाएको छ ।



About Us
प्रतिक्रिया