बैंकलाई लकडाउन हुँदैन र ?

बैंकलाई लकडाउन हुँदैन र ?


यतीबेला नेपाल लकडाउनको पीडादायी अवस्थामा छ । कोरोना भाइरस नियन्त्रण र यसको संक्रमणबाट बच्नका लागि यस्तो रणनिति अप्नाइएको हो । यस्तो अवस्थामा साना–सान व्यापार व्यवसायदेखि ठुला–ठुला कलकारखाना सबै बन्द छन् । तर, बैंक र वित्तिय संस्थाहरु भने खुलिरहेकै छन् । ग्राहकहरुलाई समाजिक दुरीको मतलब छैन । कर्मचारीहरु आलोपालो गर्दै बैंक धाइरहेकै छन् । बैंक क्षेत्रका हजारौ कर्मचारी काममै तल्लीन छन् ।
सोही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले हरेक बैंकका शाखामा दुई तिहाई कर्मचारीले मात्रै काम गनुपर्ने निर्देशन जारी गर्यो । तर, कारणबस बैंकहरुले सो निर्देशनलाई लत्याउँदै कर्मचारी कार्यक्षेत्रमा उपस्थित हुन बाध्य बनाएको पाइएको छ । यस्तो विषम अवस्थामा केही ठूला बैंकहरुले करारमा राखेका कर्मचारीलाई कटौती गर्ने निर्णयतर्फ पनि लागेको बताइएको छ ।

 यसै विषयमा आवाज उठाउँदै एक बैंकरले बैकिङ्ग समाचारको कार्यालयमा फोन पनि गरिन् । आफ्नो नाम नबताउँने शर्तमा उनले भनिन् ‘बैंकका सीइओ साबहरुले हामीसंग ठिक्क पार्ने । अनि निर्णय उल्टो गर्ने । उनीहरुले हामीलाई कोरोना बिमा गर्ने पनि बताए । यस्तो अवस्थामा अफिस पुगेर कसरी काम गर्ने भन्नुस् त ।’  यस्तो विषम परिस्थितीमा पनि घरबाटै हुने काम कार्यालय पुगेर काम गर्नुपरेको बताउँदै उनले केही बैंक बाहेक अधिकाशं बैंकहरुले ओभरटाईम नदिएको विदाको पैसा काटिदिएको समेत गुनासो गरिन् । 

पछिल्लो समय बैंकहरुलाई सवारी पासमा प्रशासनले कडाई गरेपछि  एउटै गाडीमा धेरै कर्मचारीलाई पटक–पटक गरि अफिस र घर पुर्याउनले गरेको एक बैंकका उच्च कर्मचारीले बताए । उनले भने, ‘यसबाट पनि महामारी फैलिने डर देखिन्छ । बैंक अत्यावश्यक सेवा भित्र पर्ने भएकोले सेवा दिनु पर्ने दायित्व छ तर, रोगबाट बच्ने उपाय कति सुरक्षीत छ र? यो प्रश्नको उत्तर बैंकका सीइओहरुसंग छ र?’  
एक भिडियो रिपोर्टः