छ्याङ्दी हाइड्राेको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

छ्याङ्दी हाइड्राेको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयर रजिष्ट्रार परिवर्तन भएकाे छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । 

कम्पनीले जेठ २ गते, साेमबारदेखि लागू हुने गरी बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्फत हुनेछ ।

अब उप्रान्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।