बैंकिङ्ग समाचार, काठमाडौं ।
वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ ५ बजेर ११ मिनेटसम्म यी आवेदकहरुबाट रू. २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा ८ दशमलव ३३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।
हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ ।
प्रतिक्रिया