डेढ खर्बको राहत प्याकेजसहित १७ खर्ब बराबरको बजेट ल्याउन अर्थ समितिको सुझाब

डेढ खर्बको राहत प्याकेजसहित १७ खर्ब बराबरको बजेट ल्याउन अर्थ समितिको सुझाब


बैकिङ्ग समाचार ।
संघीय संसदको अर्थ समितिले आर्थिक वर्ष २०७७/०७८ को लागि डेढ खर्ब बढीको राहत प्याकेज सहित १७ खर्ब बराबरको बजेट ल्याउन सरकारलाई सुझाब दिएको छ ।

समितिले बिहीबार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, निजी क्षेत्रलगायत सम्बद्ध सरोकारवालासँगको छलफल पश्चात सरकारलाई ५९ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।

साथै समितिले आगामी बजेटमार्फत् कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव दिएको छ ।

सुझावमा कोभिड–१९ का कारण लथालिङ बनेको अर्थतन्त्रलाई गतिशिल बनाउने १७ अर्बको बजेट आवश्यक पर्ने भन्दै आगामी आवको बजेटको आकार चालु आवको अनुमानित कुल ग्राहस्त उत्पादनको ४५ प्रतिशतको हाराहारीमा हुने गरी निर्धारण गर्नुपर्ने उल्लेख छ ।

कोभिड १९ सुरु हुनु अगावै स्रोत समितिले करिब १७ खर्बको सिलिङ निर्धारण गरेको थियो।सरकारले चालु आर्थिक वर्षका लागि  १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। 

समितिले विस्तारकारी बजेट भएपनि करको दायरा बढाउन नसक्ने हुँदा १० खर्ब राजस्व परिचालन गर्ने लक्ष्य लिनुपर्ने र ७ खर्ब वैदेशिक अनुदान ,आन्तरिक ऋण र नपुग रकम वैदेशिक ऋण परिचालन गर्न सुझाव दिएको छ।

\"\"