नबिल र एनबी बैंकको मर्जर सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दाको रिट सर्वोच्च अदालतले हेर्न नमिल्लेमा राखिदिएको छ । मंगलबार वलिक उपस्थित हुन नसके पछि बुधबारका लागि तोकिएको रिटलाई सर्वोच्चले हर्न नमिल्नेमा राखिदिएको हो ।

यो मुद्दा न्यायाधिशहरु टंकबहादुर मोक्तान र डा.मनोजकुमार शर्माको संयुक्त इजलासले तोकिएको थियो । यस अघि सर्वाेच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । हेर्न नमिल्नेमा राखिएको मुद्दालाई एक देखि डेढ महिनासम्म पनि लाग्न सक्ने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

बेच्नेले तत्काललाई तोकेकोभन्दा बाहेक कम्तिमा पनि डेढ महिना पछि मात्रै सो मुद्दाको पालो आउने उनले बताए । यसरी हेर्दा  दुई बैंकको मर्जरको काम करिब डेढ महिना पछि धकेलिएको छ । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाईमा मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको गरिएको थियो ।

सो अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमासंयुक्त इजलास बोलाइएको थियो । संयुक्त इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ । तर अहिलेलाई सर्वोच्चले यो मुद्दालाई हर्न नमिल्नेमा राखिदिएको छ । दुई बैंक मर्जरका लागि राष्ट्र बैंकले समेत सैद्धान्ति स्वीकृति दिइसकेको छ ।