बैंकिङ्ग समाचार, काठमाडौं ।
सेयर धितो कर्जामा ठूला लगानीकर्ताको वर्चश्व भएको भन्दै ल्याइएको कर्जा लगानी सीमाको साना लगानीकर्तामा अपेक्षित सकारात्मक प्रभाव पर्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाहरू तरलता अभावको समस्यामा रहेकाले पनि कम प्रभाव देखिएको हो।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्यांक अनुसार ५० लाखदेखि बढी रकमको कर्जा लिनेहरूको कर्जा असार यता करिब १८ प्रतिशतले घटेर ७० अर्ब ४३ करोडमा सीमित भएको छ। यसअघि असारमा यस्तो कर्जा ८५ अर्ब ५५ करोड रूपैयाँसम्म लगानी भएको थियो। यो सीमाभन्दा माथि कर्जा लिनेहरूबाट १५ अर्ब रूपैयाँको कर्जा असुल गरिएको छ।
ठूलाबाट १५ अर्ब रूपैयाँ कर्जा घट्दा ५० लाख रूपैयाँभन्दा कम लिनेहरूमा भने ३ अर्ब २४ करोड मात्रै थपिएको छ। यो सीमाभन्दा कम रकमका कर्जा लिनेहरूले गत असारमा २० अर्ब ७३ करोड रूपैयाँ कर्जा लिएकोमा चैतसम्ममा भने २४ अर्ब १५ करोड रूपैयाँ कर्जा पाएका हुन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमा एकल ग्राहक (पारिवारिक र निश्चित नाताभित्र पर्नेहरू) सीमा कायम गरेको थियो। यस्ता एकल ग्राहकले एउटा बैंकबाट ४ करोड र सबै बैंकहरूबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेको थियो।
यो सीमाभन्दा बढि रकमको कर्जा लगानी भएमा बैंकहरूले आगामी असारसम्म यसलाई सीमामा ल्याइसक्नुपर्छ। यही नीतिले ठूलामा भएको लगानी घटिरहेको र सानामा लगानी बढेको हो। तर, केही समयदेखि बैंकहरूको कर्जा लगानी क्षमता नै कमजोर भएकोले अपेक्षित दरमा यसको लाभ साना लगानीकर्ताहरूले पाएका छैनन्।
४/१२ को नीतिले लगानीकर्तालाई मनोवैज्ञानिक त्रास
४/१२ को नीतिले लगानीकर्तालाई मनोवैज्ञानिक असर पारेको छ । एउटा बैैंकबाट ४ करोडभन्दा बढी ऋण लिनेलाई असजिलो भयो । ४ करोडभन्दा बढी ऋण लिनेहरुलाई निराश भए । ४/१२ को नीति परिवर्तन नगर्दासम्म बजार बढ्नको लागि समस्या छ । बैंकले ऋण दियो भन्दैमा क्षमता भएन भने ऋण लिने हुँदैन । यो नीति नहट्दासम्म बजारमा मनोवैज्ञानिक त्रास कायम रहने छ । त्यसैले यो नीति परिवर्तन हुन आवश्यक छ ।
राष्ट्र बैंकले सेयर बजारलाई बढ्यो भन्दैमा केही नीतिहरु खराब लियो । जस्तो बैंक तथा वित्तीय संस्थालाई एकवर्षसम्म सेयर बेच्न नपाउने व्यवस्था गर्यो । राज्यका नियमनकारी निकाय बजारप्रति नकारात्मक भए । करको नियम नै खराब बराबर भए ।
अहिले म्युचुअल फन्डहरुले आफ्नो कामको प्रकृतिअनुसार काम गर्न सकेका छैनन् । यसको उद्देश्य सामुहिक लगानी गरेर दीर्घकालीन प्रतिफलको लागि तयार गर्ने हो । यस किसिमका योजनाहरु बनेका छैनन् ।
प्रतिक्रिया