प्राइम लाइफको इन्स्योरेन्सको नाफा ११.८६% बढ्यो 

प्राइम लाइफको इन्स्योरेन्सको नाफा ११.८६% बढ्यो 


बैकिङ्ग समाचार ।

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८६ प्रतिशत अर्थात १ करोड ९४ लाख १२ हजार रुपैयाँ बढी हो

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँबाट बढेर २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ।

२ अर्ब ७९ लाख ३९ हजार चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२.१६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५९.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.०३ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ८ अर्ब १४ करोड ७६ लाखबाट जीवन बीमा कोषको आकार ३०.८४ प्रतिशतले बढेर १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ। महाविपत्ती कोष १० करोडबाट १२ करोड १६ लाख रुपैयाँमा वृद्धि भएको छ। त्यसैगरी, जगेडा कोषको आकार १ अर्ब ११ करोडबाट १ अर्ब ५ लाखमा घटेको छ।

इन्स्योरेन्सले ९ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९६ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबाट कम्पनीले लगानी तथा कर्जाबाट ६ करोड ५२ लाख तथा ५ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। चैतसम्म ४५ करोड ३२ लाखको खुद दाबी भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार ९३६ दाबीबापत ५० करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४३ दाबीबापतको १ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ३ लाख ३४ हजार बीमालेखबाट २ अर्ब २६ करोड ६ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कूल बीमा शुल्क पनि १९.६३ प्रतिशत बढेको हो। गत आवको यसै अवधिमा कम्पनीले ४ लाख ९२ हजार बीमालेखबाट १ अर्ब ९४ करोड २६ लाख कूल बीाशुल्क संकलन गरेको थियो।