नबिल र एनबी बैंकबीच मर्जरबिरुद्धको रिट कार्की र ढुंगानाको इजलाशमा

नबिल र एनबी बैंकबीच मर्जरबिरुद्धको रिट कार्की र ढुंगानाको इजलाशमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर रोक्न सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ मंगलबार हुँदैछ । रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा परेको छ ।

यसअघि तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भन्दै सर्वोच्चले आदेश दिएको थियो । मंगलबारका लागि डाकिएको संयुक्त इजलाशमा विपक्षीलाई पनि झिकाइएको छ । इजलाशले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जरको काम रोकिनेछ ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले हालेको रिटमा एकल इजलाशले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत शेयर छ । यो शेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भएको थियो ।