गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने

गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ । यसका लागि बैंकले आजबाट ५ वटा काउन्टर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । 

राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रबन्धक हरिराम पराजुलीका अनुसार विमानस्थलभित्र डिपाचर, बोर्डिङ वेटिङ, एराइभल, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ । ‘डिपार्चर काउन्टरमा विदेशी मुद्राको सटहीको व्यवस्था गरिएको छ’, उनले भने, ‘बोर्डिङ वेटिङ काउन्टमा भ्याट रिफन्डसम्बन्धी सेवा प्रवाह गरिनेछ ।

५ वटा काउन्टर सञ्चालनमा

यसैगरी एराइभल काउन्टरमा विदेशी यात्रुले भिसा शुल्क तिर्न सक्नेछन् । यसका लागि यो काउन्टरमा एटीएम र पीओएसको सुविधा पनि रहेको छ । ‘विदेशी यात्रुले अनलाइन पेमेन्ट गर्न सक्छन्’, उनले भने, ‘यसका साथै यो काउन्टरबाट विदेशी मुद्राको सटहीको व्यवस्था पनि गरिएको छ ।’

यसैगरी विमानस्थलभित्र बैंकले कस्टम काउन्टर पनि सञ्चालनमा ल्याएको छ । यो काउन्टरमार्फत यात्रुले विदेशबाट ल्याएका सामानहरुको भन्सार विमानले तोकेबमोजिमको भन्सार शुल्क तिर्न सक्नेछन् । उता कार्गो काउन्टरमार्फत पनि भन्सार महसुल संकलन गरिने बैंकले जनाएको छ । 

शाखा प्रबन्धक पराजुलीका एक महिनाभित्रै विमानस्थलको कार्गो विभागसँगै बैंकको शाखा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । ‘बैंकले विमानस्थलको डोमेस्टिकतर्फ एटीएम सञ्चालन ल्याइसकेको छ’, उनले भने ।