कुमारी बैंकद्वारा एकका लागि एक अभियानमा एक हजार किलो खाद्य सामग्री हस्तान्तरण

कुमारी बैंकद्वारा एकका लागि एक अभियानमा एक हजार किलो खाद्य सामग्री हस्तान्तरण


बैकिङ्ग समाचार ।
सरकारले लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सहयोग गरेको छ । 

यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले “एकका लागि एक अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेतृत्वमा रहेका विभिन्न संघ संस्थालाई १००० किलो खाद्य हस्तान्तरण  गरेको छ ।

यहि  बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोनाको प्रकोपलाई फैलिन नदिन र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । 

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंक सुविधा प्रदान गरी रहेको छ ।