सबैको लघुवित्तको नाफा २ करोडभन्दा बढी

सबैको लघुवित्तको नाफा २ करोडभन्दा बढी


बैकिङ्ग समाचार ।
 सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ करोड ४६ लाख ८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस तेस्रो त्रैमाससम्म कम्पनीले १२ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १९ लाख ५० हजार खुद नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा १३ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । गत वर्ष रू. ३ करोड ४४ लाख सञ्चालन नाफा गरेको यस कम्पनीले यस वर्ष रू. ३ करोड ९० लाख यो नाफा गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चुक्तापूँजी गत वर्षभन्दा यस वर्ष ६ट दशमलव ४७ प्रतिशत बढी भएको छ । आईपीओ र १३ प्रतिशत बोनस मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो । आईपीओ खरिद गरेकै वर्ष सर्वसाधारणलाई समेत कम्पनीले १३ प्रतिशत बोनस दिएको हो । जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ७५ प्रतिशत बढी रू. ३ करोड ३६ लाख २२ हजार कायम भएको छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत गत वर्षभन्दा ५१ दशमलव ६६ प्रतिशत बढी रू. १ अर्ब ५३ करोड १२ लाख कर्जा सापटी लिएर कम्पनीले रू. १ अर्ब १९ करोड २ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष निक्षेप संकलन रू. ६१ करोड भएको छ । निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ८१ प्रतिशत बढी भएको हो भने कर्जा प्रवाह गत वर्षभन्दा १५ दशमलव ९२ प्रतिशत कम भएको हो । 

निष्क्रिय कर्जा अनुपात गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म शून्य दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ५७ प्रतिशत पुगेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव शून्य ३ छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले वित्तीय पहुँच अभिबृद्धि गराई हाल देशका ५४ शाखा कार्यालय मार्फत ३१ जिल्लाहरुमा सेवा दिईरहेको छ । कम्पनीले ३६ हजार भन्दा बढी सदस्यहरुलाई सेवा दिईरहेको जानकारी दिएको छ ।