एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल रेस्ट अफ वर्ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा परेका छन्। रेस्ट अफ वर्ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ। 

जसमा फोनपे, इसेवालगायत रहेको उल्लेख गरिएको छ। सन् २००४ मा इन्टरनेट र स्मार्टफोनको प्रयोग नेपालमा न्यून हुँदा नै एफवान सफ्ट स्थापना गरिएको थियो। ढकालले २००४ देखि अहिलेसम्म डिजिटल भुक्तानीको नीतिगत सुधारदेखि लगानीमा रहेको चुनौतीलाई आत्मसाथ गर्दै एफवानसफ्टलाई विस्तार गर्दै लगेको उल्लेख रेस्ट अफ वर्ल्डले गरेको छ। 

अझै ९५ प्रतिशत जनसंख्या नगद कारोबारमै रहेको भन्दै ढकाल फोनपेको विस्तारमा अझै आक्रामक भएर अघि बढ्ने बताएका छन्।  एक करोड ८० लाख प्रयोगकर्ताहरुलाई अनलाइन भुक्तानी गर्न  सहज बनाउनमा ढकालको ध्यान केन्द्रित रहेको  बताइएको छ।