बैंकिङ्ग समाचार, काठमाडौं ।
मर्जरको अन्तिम तयारीमा पुगेको नबिल बैंक लिमिटेड र नेपाल बंगलादेशले अब एउटा अदालतको मुद्दा खेप्नुपर्ने भएको छ । आज सर्वोच्च अदालतले एक अन्तरिम आदेश जारी गर्दै दुई बैंकबीचको मर्जर प्रक्रिया थप अगाडी नबढ्नेगरी आदेश दिएको हो ।
दिवेश्वरी इन्भेष्टमेन्टले सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाई गर्दै न्यायधीश बम कुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले उक्त मुद्दामा होमिएका प्रतिनिधि मण्डलहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडका संचालक समिति, नेपाल बंगलादेश बैंक लिमिटेडलाई जेठ ३ गते छलफलका लागि बोलाएको छ ।
२०६२ सालमा नेपाल राष्ट्र बैंकले एनबि फाइनान्स, श्रीलंका मर्चेन्ट, एनसीसी बैंक र एनबि बैंकलाई मर्जरका लागि स्वीकृती दिएको थियो । तर सो स्वीर्कतीलाई बेवास्ता गर्दै नबिल बैंकसँग अर्को सम्झौता गरेको भन्दै दिवश्वरी इन्भेष्टमेन्टले सर्वोच्चमा यो पक्रिया तत्काल रद्द गर्न माग गर्दै रिट दायर गरेको थियो । सोही रिटमा बहस गर्दै आज सार्वोच्चले यस्तो आदेश दिएको हो ।
प्रतिक्रिया