बीमालेख धितोमा ऋण लिने ग्राहकलाई ब्याजमा १५ प्रतिशत छुट

बीमालेख धितोमा ऋण लिने ग्राहकलाई ब्याजमा १५ प्रतिशत छुट


बैकिङ्ग समाचार । 

बीमालेख धितोमा ऋण लिने ग्राहकले ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन्।

बीमा समितिले इजाजतप्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई ऋणको भुक्तानी अवधि सकिएका ऋणीले लकडाउन सकिएको एक महिनाभित्र ऋणको साबाँब्याज बुझाएमा ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको हो।

त्यस्तै, समितिले ‘सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाइनमार्फत् बिक्री गर्न चाहने बीमा कम्पनीले कार्य्विधि तयार गरी बीमा समितिमा पेश गरेमा त्यसलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यस्तै समितिको निर्देशनको अधिनमा रहि लकडाउन अवधीभर बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भच्र्युअल रुपमा गर्न सकिने र उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन समितिले पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

बीमक व्यवस्थापन खर्च घटाउने सम्बन्धी कुनै योजना पेश गरेमा बीमा समितिले औचित्यको आधारमा स्वीकृत गर्न सकिने जनाएको छ ।

\"\"