गर्भनरले जेठमा ब्याजदर बढ्नुपर्ने भनेपनि नबढ्ने भयो ब्याजदर, यसरी भयो बैंकहरुबीच सहमति

गर्भनरले जेठमा ब्याजदर बढ्नुपर्ने भनेपनि नबढ्ने भयो ब्याजदर, यसरी भयो बैंकहरुबीच सहमति

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याज दर नबढाउने सहमति गरेको हो ।

कार्यसमितिका एक सदस्यले भने ' जेठमा ब्याज नबढाउने सहमति भएको छ, अहिले कै ब्याजदरले निरन्तरता पाउने छ।'  फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले त्यस यता चैत्र र बैशाखको लागि ब्याजदर स्थिर राखेका थिए । अब जेठमा  पनि ब्याज नबढ्ने भएको हो । 

केहि दिन अगाडी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रम मै ब्याजदर बढ्नु पर्ने बताएका थिए  । ब्याजदर बढ्नु पर्ने अभिव्यक्ति दिएका उनको चर्को आलोचना भएको थियो । उनले ब्याज बढ्नु पर्ने बताए पनि बैंकहरुले भने ब्याजदर नबढाउने भएका हुन् । यद्यपि उनले पोलिसी रेटको कुरा गरेका थिए ।

ब्याजदरबारे उनको भनाई यस्तो थियो : 

लिक्वीडीटी टाइटनेस भयो, त्यसको असर स्वरुप रेटहरुमा परेको छ, हामीले रेटहरु हेर्यौ भने धेरै माथि गएको अवस्था त् होइन, तर परिस्थितिले के डिमाण्ड गरिरहेको छ भने त्यो भन्दा माथि जानु पर्छ । हामीले फेब्रुअरीमा मिडटर्म रिभ्यु गरिराख्दा खेरि २ प्रतिशतले  पोलिसी रेट बढायौ, कहिँ कतै त्यो पनि पर्याप्त छैन कि यदि यो कान्टिन्यु भयो भने, यदि बिओपी डेफिसियट यसरि नै बढी रह्यो भने । हामीले यो विषयमा अझै थप सोच्नु पर्ने हुन सक्छ । किनकि हाम्रो की मेजर भनेकै, की इन्स्ट्रुमेन्ट भनेकै पोलिसी रेट नै हो, हामीले त्यसलाई छुनु पर्छ। हामीले केहि अस्थाई मेजर लिएका छौ, एलसीमा मार्जिन लिएका छौ, नेपाल सरकारले केहि वस्तुमा आयात नियन्त्रण गर्ने गरि निर्णय गरेको छ, तर ति मेजरहरु सधैलाई हुदैनन् । हामीले पोलिसीगत हिसाबले लिंदा खेरि यो रेटलाई हेर्नै पर्ने हुन्छ, र मार्केटमा रेट केहि बढ्न सक्छ, त्यसलाई सबै समुदाय तयार रहनै पर्छ किनकि समग्र अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँ भित्र हामी रहने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ?