बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई वटा हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएका छन् । आयोगले बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
बरुण हाइड्रोले हाल कायाम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रदको लागि आयोगबाट पूर्व स्वीकृति पाएको हो ।कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको हो ।
हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
त्यस्तै ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदको लागि आयोगबाट पूर्व स्वीकृति पाएको हो । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।
अब नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुल्ने छ ।
प्रतिक्रिया